ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा जारी, यी ठाउँमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने

ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा जारी, यी ठाउँमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने

केन्द्रबिन्दु
0
Shares

ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ। ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र  निषेधित क्षेत्र घोषणा गरिएको छ।  

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

दुर्गा प्रसाईँ र एमालेनिकटक युवा र विद्यार्थीको घोषित मंसिर ७ को प्रदर्शनले सुरक्षा चुनौती बढाएको भन्दै हिजोमात्र काठमाडौं प्रशासनले माइतीघरदेखि बानेश्वरसम्मको रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

aadesh_20231121_0001

Skip This
Skip This
Logo