बिहीवार अत्यावश्यक काम परे मात्र सवारी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

बिहीवार अत्यावश्यक काम परे मात्र सवारी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

केन्द्रबिन्दु
0
Shares

दुई वटा समूहले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको दिन भोलि मंसिर ७ गते उपत्यकाको ट्राफिक व्यवस्थापन नियन्त्रण बाहिर जानसक्ने अनुमान गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ।

भोलि एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। भोलि हुने भनिएको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै  सवारी साधन लिएर निस्किन आग्रह गरेको छ। 

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ ट्राफिकले जारी गरेको सूचनामा उल्लेख छ।  

ट्राफिकले सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने जानकारी दिएको छ।

Skip This
Skip This
Logo