नेपाल सुपर लिगको दोस्रो संस्करण आजबाट

नेपाल सुपर लिगको दोस्रो संस्करण आजबाट

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय(२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदैछ। 

काठमाडौँको दशरथ रंगशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। यसबाहेक दर्शकहरुका लागि मनोरन्जनात्मक कार्यक्रम, फुड स्टललगायत अन्य व्यवस्था गरिने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले जानकारी दिएका  छन्। 

आयोजकले यो संस्करणका खेलमा दर्शकको साथ पाउने अपेक्षा गरेको छ। नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित सञ्चालित एनएसएलमा दर्शकको उपस्थितिले लिग भव्य हुने बुधबार पत्रकार सम्मेलनमार्फत कार्कीले जानकारी गराएका हुन्। लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन्। 

लिगका खेल हेर्न दर्शकले अनलाइन टिकटकाट्न सक्ने छन्। रंगशालाको सामान्यतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। उपाधि विजेताले प्राप्त गर्ने रकम आयोजकले तोकेको छैन,दर्शकको उपस्थितिले नै निर्धारण हुने कार्कीले जनाए।

आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौँ रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदैछ। खेल साँझ ६ बजे सुरु हुनेछ। 

Skip This
Skip This
Logo