भाषाको चूनौतीपूर्ण छः परराष्ट्रमन्त्री साउद

भाषाको चूनौतीपूर्ण छः परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौंको १४औं साधारणसभा समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भाषा, भेषभूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन् । 

उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ । केही समस्या छन् । हाम्रो भाषा हाम्रो भेषभूषा बचाउनका लागि बडो गाह्रो छ ।’ 

परराष्ट्रमन्त्री साउदले हस्तानतरण हुँदै आएका परम्पराहरुलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धाराणा राखे । उनले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरु हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरु हाम्रो भेषभूषाका कुराहरु जीवनपद्धतिका कुराहरु आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ ।’

उनले सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए । 

Logo