उदयपुरमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा ३९ घाइतेमध्ये गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया