आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर १० गते आइतबार। २६ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सहकार्यको अवसर मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। साँझमा धन खर्च बढ्नेछ। चोटपटकको भय छ अत: स्वास्थ्य प्रति सजग रहनुपर्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ विद्या र परीक्षा राम्रो हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोजगारको अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जनका नयाँ योजना बन्नेछ। वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला आइलाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कूटनैतिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि पनि हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ। साथी भाइको भेटघाटले मन प्रसन्न रहला। मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरायसी झमेलामा परिएला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ। मानसिक चिन्ता पनि बढ्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सेवा गर्ने योग पनि छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सफल यात्रा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ।

Logo