आम जनता पार्टी स्थायी समिति बैठक सोमबार बस्दै

आम जनता पार्टी स्थायी समिति बैठक सोमबार बस्दै

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्ने भएकाे छ। बैठक साेमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेकाे हाे। 

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको  आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए। उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ।

Logo