युद्ध विरामको बीचमा इजरायलद्वारा ६ प्यालेस्टाइनीको हत्या

युद्ध विरामको बीचमा इजरायलद्वारा ६ प्यालेस्टाइनीको हत्या

केन्द्रबिन्दु
0
Shares

युद्ध विरामको बीचमा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ। इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार जेनिन सहरमा घुसपैठ गर्ने क्रममा इजरायली फायरबाट चार प्यालेस्टिनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। शनिबार बिहान जेनिन नजिकै कबाटियामा रहेको उनको घरबाहिर २५ वर्षीय डाक्टरको पनि हत्या भएको थियो भने रामल्लाह नजिकैको अल बिरेहमा अर्का प्यालेस्टाइनीको हत्या भएको मन्त्रालयले जनाएको छ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलापछि वेस्ट बैंकले इजरायली आक्रमणमा वृद्धि भएको भोग्दै आएको छ। हमासले गरेको आक्रमणपछि उक्त क्षेत्रमा ५२ बालबालिकासहित कम्तीमा २२९ प्यालेस्टाइनी मारिएका छन्।

Skip This
Skip This
Logo