केपी ओली कपमा आज दुई खेल हुँदै

केपी ओली कपमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

केपी ओली कप टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच बिहान ९ बजे खेल हुनेछ।

त्यस्तै,आज हुने दोस्रो खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब दिउँसो एक बजे खेल्नेछन्। हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले लुम्बिनीलाई ८४ रनले र कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएको थियो।

पोखरामा भइरहेको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Logo