न्यूक्यासलसँग ४-१ ले हार्‍यो चेल्सी

न्यूक्यासलसँग ४-१ ले हार्‍यो चेल्सी

केन्द्रबिन्दु
0
Shares

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ। गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल लाससेल्लेज, जोएलिनटन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए। त्यस्तै चेल्सीका लागि एक गोल रहिम स्टरलिङले गरेका थिए।

यस खेलमा खेलको ७३औं मिनेटमा रिच जेम्सले रातो कार्ड पाउदा चेल्सी १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि न्यूक्यासल युनाइटेडको १३ खेलमा २३ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यस्तै चेल्सीको भने यस सिजनमा यो पाँचौं हार हो। यो हारपछि चेल्सीको १३ खेलमा १६ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ।

Skip This
Skip This
Logo