नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १६ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १७ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएकाे चाँदी आज तोलामा १ हजार ५ सय रुपैयाँमा काराेवार भएको महासंघले जनाएको छ।































प्रतिक्रिया