बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा

बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको सडकमा  ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम आजबाट सञ्चालनमा आएको हो । 

काठमाडौं महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका हुन् । 

अब पैदलयात्रुले बाटो काट्न बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको हो, यसले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउन मदत गर्दछ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार पैदलयात्रुले बटन थिचेपछि ५ सेकेण्डमा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले बाटाे पार गरिसक्नुपर्ने छ । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ । 

१० लाख रुपैयाँको लागतमा यस प्रविधि जडान गरिएको हो ।  

Skip This
Skip This
Logo