पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेकाे हाे।
मधेशका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले। ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे। इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए। बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो। सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए। विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए।
सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए। मधेशका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन्।यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २-२ अंक भएको छ । मधेशसँग हारेको सुदूरपश्चिम अंकविहीन छ।





























प्रतिक्रिया