सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) काठमाडौँ सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित भएको छ ।
छैटौँ सामाजिक सुरक्षा दिवस -२०८० को अवसरमा काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये बागमती प्रदेशअन्तर्गत कोषमा सूचीकृतलाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल केएमसीलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट केएमसीका क्षितिज निरौलाले सम्मानपत्र ग्रहण गरेका थिए ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मा नेतृत्वको केएमसी कलेजले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ । केएमसीले एमबिबिएस र बिडिएसको शैक्षिक कार्यक्रम चलाउँछ । यसबाहेक एमडी र बिएस्सी नर्सिङका कार्यक्रम पनि चलाइरहेको छ।































प्रतिक्रिया