रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि बस्दै

रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ। पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ।
 
सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए। जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ। 

हिजोदेखी सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन,केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन्। सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ। उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ।

Skip This
Skip This
Logo