एभरेष्ट बैंकले निर्माण गर्‍यो डिजिटल साक्षरताअन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो

एभरेष्ट बैंकले निर्माण गर्‍यो डिजिटल साक्षरताअन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकले डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ। 

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यले निर्माण भएका उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमवद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए। 

उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ति तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोगसम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरूवात भएको जानकारी समेत गराएको छ। 

 

Skip This
Skip This
Logo