लोकतान्त्रिक खेलकुद संघले भन्यो- ‘राखेप चुस्त दुरुस्त भएन’

लोकतान्त्रिक खेलकुद संघले भन्यो- ‘राखेप चुस्त दुरुस्त भएन’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राखेपको कार्यशैली प्रति प्रश्न उठाएको छ। 

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले राखेपको काम चुस्त दुरुस्त पार्नका लागि पटक पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको भन्दै पुनः युवा तथा खेलकुदमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले अब पनि छलफलबाट समस्या समाधान नभए सशक्त प्रतिकार गर्ने निर्णय गरेको जानकारी दिए।

यसैगरी बैठकले संघको अधिवेशन सम्बन्धमा प्रदेश र केन्द्रीय तहमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ। संघको कार्यलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यसम्पादन समिति गठन गर्ने तथा संघको केन्द्रीय कार्यालय स्थापना गर्ने निर्णय पनि गरिएको महासचिव सुवोध प्रधानले जानकारी दिए।

यो सँगै संघको आयोजनामा मैयादेवी यू-१९ क्रिकेट प्रतियोगिता पुष २२ गतेदेखि सञ्चालन गर्ने,गणेशमान स्मृति चे प्रतियोगिता चैत २० गतेदेखि गर्नेलगायतको निणर्य बैठकले गरेको छ। 

Skip This
Skip This
Logo