भूकम्प प्रभावित बालबालिकालाई चिसोबाट जोगाउन रिटर्नी एसोसिएशनको आग्रह

भूकम्प प्रभावित बालबालिकालाई चिसोबाट जोगाउन रिटर्नी एसोसिएशनको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल रिटर्नी एसोसिएशनले भूकम्पबाट प्रभावित दुई जिल्लाका बालबालिकालाई चिसोबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ। 

एसोसिएशनका अध्यक्ष प्रवीण पौडेलले भूकम्प पीडितका लागि जुटेको राहत सदरमुकाममै थन्क्याइएको तर पीडित बालबालिका र नागरिक चिसोमा कठ्याङ्ग्रिनु परेको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायलाई पीडित परिवारको व्यवस्थापनमा थप ध्यान दिन आग्रह गरेका छन्।

पौडेलले भने,‘दिनप्रतिदिन चिसो बढ्दै गएकोले उक्त क्षेत्रको बालबालिका, सुत्केरी वृद्धवृद्धालाई असर गरेकाले अति प्रभावित नागरिकलाई यथासिघ्र उचित व्यवस्थापन गर्नुपर्छ ६ महिनादेखि माथिका बालबालिकालाई राहतको कोटामा नराखिएको पाइयो यसमा सम्बन्धित सबैले ध्यान पुर्याउन आवश्यक छ। उनीहरु सबैलाई चिसोबाट जोगाउनुपर्छ’ एशोसियसनका सचिव प्रकाश महराले विभिन्न दाताहरुले राहत सामग्री हस्तान्तरण गरे पनि भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले उक्त सामग्री पुग्न नसकेको बताएका छन्। 

जाजरकोटको कुशे गाउँपालिकाको स्थलगत निरीक्षण गरि राहत वितरण गरेको एशोसिएशनको टोलीले सदरमुकाम वरपरका पीडित बालबालिकालाई समेत सहयोगको आवश्यकता रहेको बताएको छ।

एसोसिएशनको टोलीले १५ लाख बराबरको चामल,न्यानो सिरक लगायतका राहत सामग्री कुसे गाउँपालिकाका विभिन्न वडामा वितरण गरेको एसोसिएशनका सचिव बम बहादुरबिसीले जानकारी दिए। 

Logo