सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन १६ सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन १६ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

बुधबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य १६ सय रूपैयाँले बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ। त्यसैगरी आज चाँदीको मूल्य भने २० रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ५ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo