‘ऐरी’बाट प्रदीप खड्का बलिउडमा डेब्यु गर्दै

‘ऐरी’बाट प्रदीप खड्का बलिउडमा डेब्यु गर्दै

केन्द्रबिन्दु
0
Shares

अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन्। उनी ‘ऐरी’मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्। 

मंगलबार निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ। प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ। जसमा प्रदिपलाई टाउकोमा खुकुरीसहित फेटा गुथिएको देख्न सकिन्छ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार कुँवर गुप्तासहितको लगानी रहनेछ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ’प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन्। भारतमै छायांकन हुने ऐरी नेपााली, हिन्दी, तमिलसहित विभिन्न भाषामा निर्माण हुने बताइएको छ। फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। 

Skip This
Skip This
Logo