भूकम्प पीडितलाई एशियन पेन्टस् नेपालको सहयोग

भूकम्प पीडितलाई एशियन पेन्टस् नेपालको सहयोग

केन्द्रबिन्दु
0
Shares

एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि नगद  सहयोग गरेको छ। कम्पनीले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा घरविहीनको सहयोगार्थ सहयोग गरेको हो। 

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त चेक एशियन पेन्टस् नेपाल प्रा. लिमिटेडका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनले मंगलबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे हाे। गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।

Logo