मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ। नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको हो ।
एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको बताएका छन्।कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०/२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।





























प्रतिक्रिया