आज (बुधबार) सेयर बजार १७.९३ अंकले घटेको छ । बुधबार साविक समयभन्दा २४ मिनेट ढिलो गरी खुलेको सेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ ।
आज २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबारमा ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । यसदिन ४२ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको ओरालो लागेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।





























प्रतिक्रिया