युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मंगलबार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो।

घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीका युवाहरूले कुटपिट गरेका थिए।

प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का हुन्।

Skip This
Skip This
Logo