स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका छन्। सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो।

डा. वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ। कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए। तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका उनी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo