कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गरेका छन् ।

केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र  जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ। नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।

कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ। एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था कांग्रेसले गरेको छ।

Skip This
Skip This
Logo