निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ । पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ।
पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ। २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ । आयोगले उम्मेदवारको मनोनयनका लागि मिति तोकिसकेको छैन।





























प्रतिक्रिया