युवा नीति बनाउन निरन्तर लागेका छौंः मन्त्री लिम्बु

युवा नीति बनाउन निरन्तर लागेका छौंः मन्त्री लिम्बु

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मन्त्रालय युवा नीति बनाउने कुरामा निरन्तर लागिरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले सबै सरोकारवालाहरुको सहभागिता र विचारको समायोजन गर्न सकियोस् भन्ने उद्देश्यका साथ युवा नीति बनाउन मन्त्रालय लागिरहेको बताएका हुन् । उनले भने, ‘सबै सरोकारवालाहरुको सहभागितामूलक ढङ्गबाट नीति निर्माण गर्न सकियोस् भन्ने सबैको विचार त्यहाँ समायोजन गर्न सकियोस् भन्ने पवित्र उद्देश्यले युवा नीति बनाउने क्रममा मन्त्रालय लागेको छ ।’

खेलकुद मन्त्रालयले सबै युवाहरुको प्रतिभा, क्षमता र सीपलाई एकजुट गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको पनि मन्त्री लिम्बुले बताए । 

‘युवाहरुको प्रतिभा, क्षमता र सीपलाई एकजुट गरेर व्यवस्थित गर्ने प्रयास निरन्तर भइरहेको छ । नीति अन्तिम चरणमा छ । पास भइसकेपछि तपाईंहरुले हाम्रो कुरा पनि यो नीतिमा छ भन्ने महसुस गर्नुहुन्छ,’ उनले भने, ‘हाम्रो सहभागितामा यो नीति नियम बनेको छ भन्ने ढङ्गबाट तपाईंहरु जान सक्ने अवस्था बनाउन अन्तिम समयसम्म तपाईहरुले आवाज दिइरहनुपर्छ ।’

अहिले सामाजिक सञ्जालमा सबै नकारात्मक कुराहरु मात्र लेखिने गरेका भन्दै उनले यसले समाजमा नकारात्मक असर पुगेको टिप्पणी गरे । 

Logo