तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० मङ्सिर १७ देखि मङ्सिर २३ सम्मको राशिफल ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशि छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

मेष राशि –

यो साता आर्थिक लाभको सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तन र पदमा उन्नति हुनेछ। आमाको स्वास्थ्यको बारेमा सजग रहनुपर्नेछ। प्रेमी दम्पतीबीच कुनै न कुनै विषयमा विवाद हुने याेग छ। विद्यार्थीहरुको लागि यो समय राम्रो छ। राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले सार्वजनिक विरोधको सामना गर्नुपर्ला।

समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित  पाठ गर्दा राम्राे हुनेछ। 

वृष राशि-

साता भाग्य पक्षबाट पूर्ण सहयोग मिलेर कार्यस्थलमा महत्वपूर्ण भूमिका खेल्नेछ। शारीरिक पीडाका कारण काममा बाधा आउनेछ।सवारी साधन बिग्रनेछ जसका कारण आर्थिक तथा शारीरिक समस्याको सामना गर्नुपर्नेछ। प्रेम सम्बन्धमा विवाद हुनेछ। नयाँ काम खोज्नेहरूले काम पाउनेछन्।  यो साता स्वास्थ्यमा विशेष सजग रहनुपर्ने देखिन्छ।

समस्या समाधान गर्नका लागि दिनमा एकपटक लक्ष्मी चालिसाकाे पाठ गर्दा फाइदा हुनेछ। 

मिथुन राशि-

यो साता कुनै कार्यक्रममा सम्मान मिल्ने र महत्वपूर्ण पद प्राप्त हुनेछ। कर्मचारीहरूले  पूर्ण रूपमा सहयोग गर्नेछन्। सांगीतिक क्षेत्रका व्यक्तिहरूले एल्बम भाइरल हुने तथा आर्थिक फाइदा पनि गर्नेछ। संगीतकारको रूपमा काम गर्नेहरू आफ्नो कार्य क्षेत्रमा धेरै व्यस्त हुनेछन्।  यात्राको सम्भावना रहेपनि  करियरको दृष्टिकोणबाट लाभदायक साबित हुनेछन्। 

समस्या समाधान गर्नका लागि ॐ नमो भग्वते बासुदेबाय नम मन्त्रको जप गर्दा राम्राे हुनेछ। 

कर्कट राशि-

यो साता सोमबारदेखि शुक्रबारसम्म, तपाईंले सेयर बजारमा इन्ट्राडे ट्रेडिङबाट आर्थिक लाभ पाउनुहुनेछ। धन प्राप्तिको नयाँ आयाम पनि सृजना हुन सक्छ।  अनलाइन व्यापार मार्फत आर्थिक बल र वृद्धि प्राप्त हुनेछ। कार्यस्थलमा थप मेहनत गर्नुपर्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।  कतैबाट लामो समयदेखि अड्किएको धन प्राप्तिको सम्भावना छ।

समस्या समाधान गर्नका लागि प्रतेकदिन ॐ नम शिवाय मन्त्र जप गर्दा राम्राे हुनेछ। 

सिंह राशि –

यो साता मन प्रसन्न रहनेछ।  केही शुभ समाचारहरू तपाईंको लागि आउने छन्। धनको दृष्टिकाेणले यो साता निकै राम्रो रहनेछ। व्यापारमा लाभको प्रबल सम्भावना छ। मनमा  अहंकारको भाव आइरहेकोले उज्यालो भविष्यको लागि उपयुक्त नहुन सक्छ। घर वा जग्गा किन्ने योजनामा ​​हुनुहुन्छ भने चाँडै पूरा हुने सम्भावना रहेकाे छ।  शत्रुहरूले तपाईंलाई फसाउन नयाँ योजनाहरू बनाउँदैछन् जुन कार्यक्षेत्रमा तपाईंको विरोध बढ्नेछ।  

समस्या समाधान गर्नका लागि ॐ घृणि सुर्याय नमको नियमित जप गरेर आइतबार सुर्यलाइ जल चढाउँदा फाइदा हुनेछ।  

कन्या राशि-

यो साता निकै रमाइलो छ। तपाईं आफ्नो परिवारसँग  बाहिर जानु हुनेछ। व्यापार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि राम्रो छ। व्यावसायको दायरा फराकिलो बनाउने योजना सफल हुनेछ। उपयुक्त समय नरहेकाले साझेदारीमा आर्थिक हानि हुनेछ।आफ्नो काममा व्यस्त रहे पनि धोका हुने समय छ। झूटो बोल्नेहरूबाट सावधान रहनुहोला। जागिरमा परिवर्तन र पदोन्नति भए पनि बैंक कर्जाको समस्या कायम रहनेछ।

उपाय- ॐ गण गणपताय नम को नियमित एकमाला जप गर्दा राम्राे हुनेछ। 

तुला राशि-

यो साता लक्ष्मीमाताकाे विशेष आशीर्वाद तपाईंमाथी हुनेछ। यो साता धनको आगमनसँगै खर्च बढ्ने र विद्यार्थीहरूले थप मेहनत गर्नुपर्ने  छ। राम्रो कामको प्रस्ताव आउने र प्रगतिको सम्भावना छ। सेयर बजारमा हस्तक्षेप गर्नेहरूले पैसा कमाउने छन्। सोमबार र मंगलबार तपाईंका लागि आर्थिक लाभको दिन हुनेछ।

समस्या समाधान गर्नका लागि ॐ घृणि सुर्याय नमको हरेक दिन ५१ चाेटी जप गर्दा राम्राे हुनेछ। 

वृश्चिक राशि-

यो साता यात्राको सम्भावना छ। बिक्री कार्य गर्नेहरूले उत्पादनहरू राम्रोसँग बेच्ने छन्। जागिर खोज्नेहरूले प्रयास जारी राख्दा सफलता हात लाग्नेछ। चोटपटक लाग्ने सम्भावना छ। विदेशमा अध्ययनरतहरुले शुभ समाचार पाउन सक्नेछन्। पैतृक सम्पत्ति प्राप्तिको सम्भावना छ।  

समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित पाठ गर्दा फाइदा हुनेछ। 

धनु राशि-

यो साता व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ।  अहिलेसम्म बाधा परेका कामहरु यो साता सम्पन्न हुने देखिन्छन्। प्रशासन र शक्तिबाट पनि लाभ हुने सम्भावना छ। राजनीतिमा आबद्ध व्यक्तिहरुका लागि यो साता महत्वपूर्ण रहनेछ।  यो साता धनु राशिका व्यक्तिहरूले आर्थिक पक्षमा राम्ररी सोच्नुपर्नेछ।  तपाईं आफ्नो विशेष साथीसंग व्यापार गर्न सक्नुहुन्छ।

समस्या समाधान गर्नका लागि ॐ नम शिवाय  मन्त्रको नियमित जप गरेर सोमबार भगवान शिबलाइ जल चढाउँदा राम्राे हुनेछ।

मकर राशि-

यो साता ग्रह गोचरको प्रभावले आर्थिक पक्षलाई बलियो बनाउँदै जानेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ। औषधिको क्षेत्रमा काम गर्नेलाई लाभ मिल्ने देखिन्छ। घरायसी विवादमा परेकाहरु छुट्टिनेछन्।  तपाईंको साझेदारी टुट्न सक्छ, बसेर कुरा गर्नुहोला।

हतार गर्नबाट जोगिएर धैर्यताका साथ सबै काम गर्नुहोला।  व्यापार सम्बन्धी लामो यात्राको सम्भावना छ, यो साता अज्ञातको डरले मानसिक तनावको स्थिति सिर्जना हुने देखिन्छ। आर्थिक लाभको स्थिति छ तर यसका लागि थप मेहनत गर्नुपर्नेछ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित एक पाठ गर्दा राम्राे हुनेछ।

कुम्भ राशि-

यो साता शुभ समाचार प्राप्त हुनेछ। यो साता शनिले तपाईंलाई लाभ दिने देखिन्छ। लामो समयदेखि रोकिएका काम यो साता पूरा हुने छन्।  वैवाहिक जीवनमा आउने बाधाहरू पनि यो साता समाधान हुने छन्।

नयाँ जग्गा, भवन, खरिद गर्ने योजना बन्न सक्छ। कार्यालयमा तपाईंको जिम्मेवारी बढ्ने र प्रेमिसँग बोली नियन्त्रण राख्नुहोला, अन्यथा ब्रेकअप जस्ता अवस्था पनि आउन सक्छन्। राजनीतिमा संलग्न व्यक्तिहरूका लागि यो साता भाग्यशाली साबित हुन सक्छ। शेयर बजारमा कारोबार गरेर राम्रो प्रतिफल प्राप्त हुनेछ। मानसिक समस्याका कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ। 

ग्रहदशा हटाउने उपाय-  हनुमान चालिसाकाे नियमित जप गर्दा राम्राे हुनेछ।

मिन राशि-

यो साता नयाँ काम प्राप्त हुनेछ। तपाईंले ऋण दिएको पैसा फिर्ता पाउनुहुनेछ। श्रीमतीसँग रमाइलो यात्रामा जाने समय छ। कतिपयको विवाह हुने सम्भावना छ।  यात्रामा जानु अघि, आफ्नो बहुमूल्य सामानको सुरक्षा सुनिश्चित गर्नुहोला, अन्यथा चोरीको जोखिम रहेकाे छ। करियरका लागि यो साता विशेष रहनेछ। विवाहमा ढिलाइ भइरहेका केटीहरूको लागि शुभ समाचार आउन सक्छ।  

समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नमको नियमित जप गर्दा फाइदा हुनेछ। 

Skip This
Skip This
Logo