स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्ने

स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पत्रकार सम्मेलन गर्दैछन् । 

संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । सो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सो पत्रकार सम्मेलन हुँदैछ ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए।

शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भनेर महासभाको ध्यानाकर्षण गराएका थिए।

Logo