मुख्यमन्त्री कार्कीले दिए मन्त्रीहरूलाई जिम्मेवारी

मुख्यमन्त्री कार्कीले दिए मन्त्रीहरूलाई जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

कोसीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन्।

आइतबार मुख्यमन्त्री कार्कीले काँग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।

Skip This
Skip This
Logo