दक्षिणी गाजा पट्टीमा इजरायली आक्रमण विस्तार हुँदा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

दक्षिणी गाजा पट्टीमा इजरायली आक्रमण विस्तार हुँदा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

केन्द्रबिन्दु
0
Shares

दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको छ। इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ। 

इजरायलको आक्रमणमा परि अहिलेसम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको भए गाजाको स्वास्थ्य मन्त्रालय चलाइरहेको हमासले पुष्टि गरेको हो।

गाजा पट्टीमा सोमबार भएको भूमिगत लडाइ र हवाई बमबारीसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ९९ जना पुगेको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले बताए। आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेका छन्। 

Logo