मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराईले ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल' अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडी पार्दै ब्वाइज तर्फकाे उपाधि हासिल गरेका हुन् ।
स्पाली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको "ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३' कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।
यस कार्यक्रममा नेपालसहित भारत, मलेसिया लगायत देशका बालबालिका सहभागी भएका थिए ।
प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्र्धन समेत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड अल्लुरिङ ओरा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् ।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौंमा आयोजित 'किड्डी फेस अफ द इयर २०२३' का सिनियर ब्वाइज ग्रुपतर्फको उपाधि हासिल गरेका थिए भने एल्भिरा 'लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३' की विजेता हुन्।































प्रतिक्रिया