अमिर खान फसे २४ घण्टासम्म चक्राबत मिचुउङमा, रेस्क्यु टाेलीले गर्‍याे उद्दार

अमिर खान फसे २४ घण्टासम्म चक्राबत मिचुउङमा, रेस्क्यु टाेलीले गर्‍याे उद्दार

केन्द्रबिन्दु
0
Shares

चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ। यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ। 

यसैबीच, चेन्नईबाट अर्को ठूलो खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन्। उनीसँगै अभिनेता विष्णु विशाल पनि छन्।

वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन्।जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्दार गरेको देखिएको छ। आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन्। उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ।

विष्णु विशालले आफैंले आफ्नो एक्स अकाउन्टमा केही तस्विर सेयर गरेर यो जानकारी दिएका छन्। आमिर खान र उद्धार विभागसँगका केही तस्विरहरू सेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्,‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद।’ तस्विरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन्।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन्। तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो। त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए।

Skip This
Skip This
Logo