नेपाल राष्ट्र बैंकले कार्तिकमा व्यापार घाटा र आयात दुवै घटेकाे जनाएकाे छ।लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बैंकले जानकारी दिएको हो।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताइएको छ।
२०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता रु. ५९ अर्बले बचतमा रहेको छ । साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधानान्तर बचत पनि २०८० असोजसम्म रु ९९ अर्ब कायम हुन गएको छ ।





























प्रतिक्रिया