अपडेटः विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

अपडेटः विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

विराटनगरकाे कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो। ५ जना घाइते भएका छन्।

दिउँसो २-१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर ५ जना घाइते भएका थिए। घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन।

घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरो अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ। मृतक र घाइते कवाडी गोदामकै कामदार हुन्। आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo