प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा काठमाडौंमा अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरे ।
सम्पन्न तेस्रो केन्द्रीय अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित भएका छन् । उक्त केन्द्रीय समितिमा अध्यक्ष बुद्धीराज पोखरेल, उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन् निर्विरोध निर्वाचित भएका छन् ।





























प्रतिक्रिया