एनएसएलः आज चितवन र बुटवलबीच प्रतिस्पर्धा

एनएसएलः आज चितवन र बुटवलबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो ।

जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ ।  

Skip This
Skip This
Logo