राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । बैठकमा वुधवारको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको पार्टी सचिवालयले जनाएको छ । 

त्यसैगरी बैठकमा पार्टीले सञ्चालन गर्ने आन्दोलन सम्बन्धी, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली २०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिकलगायत पक्षमा छलफल जारी रहेको बताइएको छ । 

बैठक आज समापन हुने छ । 

Skip This
Skip This
Logo