गुल्मी ।
गुल्मीमा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा विहिबार थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्ख्या बढेको हो ।
गाउँपालिका छत्रकोटमा २४, चन्द्रकोटमा १७, गुल्मीदरबारमा दुई एवं सत्यवती र रुरुक्षेत्रमा एक, एक तथा नगरपालिका रेसुङ्गामा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनीहरु भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको बताइएको छ ।































प्रतिक्रिया