राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारितदेखि नेकपा स्थायी कमिटी बैठक बस्नेसम्म (भिडियोसहित)

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारितदेखि नेकपा स्थायी कमिटी बैठक बस्नेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रिय सभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संशोधन विधेयक पारित गरेको हो । राष्ट्रिय सभामा गरिएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसदले संशोधनको पक्षमा मतदान गरेका थिए भने संशोधनको विपक्षमा कुनै मत परेको छैन ।

त्यस्तै पछिल्लो समय बजार मूल्य पसलै पिच्छे फरक फरक भएको छ । लकडानको अवधिमा सरकारी निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा बजार मूल्य बढेको हो ।

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपको वास्तविकता चीनले सार्वजनिक नगरेको आरोप लागेको छ । दोहोरो झडपमा २० जना भारतीय सैनिकले ज्यान गुमाएकाे तथ्य सार्वजनिक भए पनि चीनतर्फको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

त्यस्तैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको पूर्णपाठ पढेर मात्र यसको विरोध गर्न आग्रह गरेका छन् । बिहिबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीको पूर्णपाठ पढेर मात्र विरोध गर्न आग्रह गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठक राख्न बाध्य भएका छन् । पटक पटक विभिन्न बाहानामा सचिवालय र स्थायी कमिटीको बैठक टार्दै आएका ओली एमसीसी कार्यान्वयन गर्ने दिन नजिकीएसँगै स्थायी कमिटीको बैठक राख्न बाध्य भएका हुन् । एमसीसी सम्झौता कार्यान्वयन गर्ने अन्तिम दिन यहि असार १६ गते रहेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo