अमेरिकी राष्ट्रपति बाइडेनका पुत्रलाई आरोपै आरोप

अमेरिकी राष्ट्रपति बाइडेनका पुत्रलाई आरोपै आरोप

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई क्यालिफोर्नियामा करसम्बन्धी नौवटा आरोपमा अभियोग लगाइएको छ । सन् २०२४ को राष्ट्रपति चुनावको बीचमा यो अनुसन्धान निकै महत्वपूर्ण भएको मानिएको छ । 

उनीमाथि डेलावेयरमा २०१८ मा बन्दुकको अवैध खरिदसँग सम्बन्धित तीनवटा अपराध र छवटा नयाँ दुराचारको आरोप पनि लगाइएको छ । दोषी ठहरिए ५३ वर्षीय हन्टरलाई अधिकतम १७ वर्षको जेल सजाय हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

हन्टर बाइडेनले कर तिर्नुको सट्टा एक असाधारण जीवनशैलीमा लाखौं डलर खर्च गरेको जनाइएको छ । २०१६ र २०१९ बीचको करहरूमा तिरेको १४ लाख डलरको अपचलन भएको उल्लेख गरिएको छ । यो अवधिमा उनले लागूूऔषधको लतसँग संघर्ष गरेको स्वीका रेका छन् । एक लागूऔषध दुर्व्यसनीले कानुनी रूपमा बन्दुक वा अन्य कुनै हतियारको स्वामित्व लिन सक्दैन तर हन्टरले बन्दुक खरिद गरेर अमेरिकी कानून तोडेको अभियोग लगाइएको छ ।

संसदमा रिपब्लिकन सांसदहरूले राष्ट्रपतिविरुद्ध पनि छानबिन र महाभियोगको माग गरिरहेका छन् । बाइडेनले आफ्ना छोरासँग मिलेर ठूलो योजनाको रकम हिनामिना गरेको उनीहरुको दाबी छ । 

छानविन अनुमोदनका लागि अर्को साता सदनमा मतदान हुन सक्ने बताइएको छ ।

Logo