कानूनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन सक्दैनः मुख्यमन्त्री शाह

कानूनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन सक्दैनः मुख्यमन्त्री शाह

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिएका हुन् । ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै उनले भने, “प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन ।” 

कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई आग्रह गर्दै मुख्यमन्त्री शाहले ऐन, नियम, कानूनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन नसक्ने बताए । 

Skip This
Skip This
Logo