तपाईंको यो साताको ग्रहदशा कस्तो रहला? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० मङ्सिर २४ देखि मङ्सिर ३० सम्मको राशिफल।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशि छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

मेष राशि

यो साता धन र सुखको योग रहेको छ। नयाँ सवारी साधन खरिद गर्न सक्नुहुनेछ।सामाजिक प्रतिष्ठामा वृद्धि हुने केहि कामहरु बन्नेछन्।

केही व्यक्तिको दैनिक आम्दानी खराब हुनेछ र उनीहरूको जागिर गुम्ने खतरा छ, तर यदि तपाईंले सकारात्मक मनोवृत्तिका साथ परिस्थितिलाई सम्हाल्नु भयो भने शुक्रबारसम्म सबै ठीक हुनेछ। विशेषगरी यो साता तपाईंलाई ज्योतिष शास्त्रले महिलासँग सावधानी अपनाउन सल्लाह दिएको छ।

समस्या समाधान गर्नका लागि  ॐ गण गनपताय नम को नियमित १०८ चोटी जप गर्दा राम्रो हुनेछ।

बृष राशि

यो साता शत्रुमाथि विजय प्राप्त गर्नसक्छन्। जुनसुकै क्षेत्रमा विरोध गर्नेहरूले पराजय भोग्नुपर्नेछ। घरपरिवारमा मतभिन्नता हुनेछ र दाजुभाइसँग पारिवारिक सम्पत्ति बाँडफाँडमा विवाद बढ्नेछ।

ससुरालिको विषयमा श्रीमतीसँग विवाद हुँदा मानसिक तथा पारिवारिक अशान्ति हुनेछ। स्वास्थ्यको दृष्टिकोणले यो साताको शुरुवात अनुकूल मान्न सकिँदैन ।साताको अन्त्य तिर भने सुधार हुने देखिन्छ।  यो साता सबै प्रकारका शंकास्पद आर्थिक लेनदेनबाट आफूलाई टाढा राख्नुहोला। 

समस्या समाधान गर्नका लागि दिनमा एकपटक लक्ष्मी चालिसा पाठ गर्दा फाइदा हुनेछ। 

मिथुन राशि

यो साता कुनै पनि प्रकारको तनावले तपाईको स्वास्थ्य बिगार्न सक्छ।  यो साता लगानीका लागि धेरै नयाँ र आकर्षक अवसरहरू प्राप्त हुने सम्भावना छ। तर तपाईले शान्त भएर काम गर्नुपर्ने छ।

 तपाईको बाटोमा आउने हरेक लगानीको बारेमा विस्तृत रूपमा सोच्नुहोला। योजनाहरू राम्ररी अध्ययन गरेपछि मात्र आफ्नो पैसा लगानी गर्दा राम्रो हुनेछ। विदेश यात्राको सम्भावनासँगै प्रेमी जीवनमा चलिरहेको कुनै पनि कटुता समाप्त हुनेछ। नयाँ दिशा र नयाँ ऊर्जाका साथ व्यापारमा सफलता मिल्नेछ।  

साझेदारी व्यवसायमा आपसी समन्वय बिग्रँदै गएकाले शुक्रबार सँगै बसेर कुराकानी गर्नुहोला, सबै पक्षमा सबै कुरा ठीक हुनेछ र पुरानो ऋणबाट मुक्ति मिल्नेछ। समस्या समाधान गर्नका लागि ॐ नम शिबायको नियमित जच गर्दा राम्रो हुनेछ। 

कर्कटराशि
यो साता पापपूर्ण कामबाट टाढा रहनुहोला। मीठो बोलेर  अरुलाई बुझाउनु भन्दा आफैं भित्र परिवर्तन ल्याउदा राम्रो हुनेछ। बिर्सने बानि बढ्दै गएको छ, एकाग्रताका साथ मनलाई नियन्त्रण गर्नुहोला।  

सरकारी जागिरमा रहेका व्यक्तिहरूले कार्यस्थलमा मान हानि वा बर्खास्त हुने सम्भावना छ। नयाँ कामको खोजीमा रहेकाहरूले कठिनाइहरूको सामना गर्नुपर्नेछ।

तपाईं अहिलेको समयमा धेरै मानसिक दबाबबाट गुज्रनुभएको छ, त्यसैले अहिले आराम गर्नु तपाईंको मानसिक जीवनको लागि लाभदायक साबित हुनेछ। यो साता तपाईंले आफ्नो समय र पैसा दुवैको कदर गर्न सिक्नुपर्नेछ।

अन्यथा, आर्थिक अभावका कारण आउने समयले तपाईको जीवनका विभिन्न क्षेत्रमा असर पार्न सक्छ जसका कारण तपाईले धेरै प्रकारका समस्याहरूको सामना गर्नुपर्नेछ।  समस्या समाधान गर्नका लागि प्रतेकदिन हनुमान चालिसाको पाठ गर्दा राम्रो हुनेछ।

सिंह राशि 

यो साता यात्रा गर्दा सामानको विशेष ख्याल राख्नुहोला। परिवारमा दाजुभाइ र दिदीबहिनीबीच मनमुटाव देखिनसक्छ।  तपाईको असन्तुष्टिको कारण परिवारमा तनावको वातावरण रहनेछ।

आमा र जीवनसाथी बीचको आपसी तनावले तपाईलाई पनि सताउनेछ, जसका कारण सम्पूर्ण परिवार अशान्त रहला। सामाजिक दृष्टिकोणले यो साता तपाईको लागि राम्रो साबित हुनेछ। राम्रो दैनिक दिनचर्या अपनाउनुहोला।  

यो साता तपाईका लागि खासै लाभदायक छैन,  अत्यधिक खर्च नगर्नुहोला। बृहस्पति आठौं घरमा रहेकोले आर्थिक अभावका कारण परिवारका अन्य सदस्यहरूमाझ अप्ठ्यारो महशुस गर्नुपर्ने हुन सक्छ।
समस्या समाधान गर्नका लागि प्रतेकदिन  ॐ नम शिबाय मन्त्र जप गर्दा राम्रो हुनेछ।  

कन्या राशि

यो साता आफ्नो आर्थिक जीवनमा धेरै उतारचढाव देख्नुहुनेछ जसले तपाईलाई धेरै फाइदा पनि दिनेछ। नवौं घरमा रहेको बृहस्पतिको कारणले यो साता तपाईको आर्थिक जीवनमा राम्रो सफलता मिल्नेछ तर यदि तपाईले यस अवधिमा कुनै लगानी गर्नु छ भने पहिले वास्तविकताको मूल्याङ्कन गर्नुहोला।

करियर सुस्त हुने सम्भावना छ। राजनीतिक प्रभाव भएका व्यक्तिसँग झगडा नगर्नुहोला, नत्र प्रहरी चौकी जानुपर्ने अवस्था सिर्जना हुनसक्छ। व्यापार गर्ने व्यक्तिका लागि समय शुभ रहेको छ।  

रोयल्टीको रूपमा मौद्रिक लाभ प्राप्त हुनेछ।  सरकारी जागिरमा कार्यरत व्यक्तिहरूले आफ्नो पदको दुरुपयोग नगर्नुहोला। सेयर कारोबारबाट नाफा कमाउन सकिनेछ। समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम को नियमित एकमाला जप गर्दा राम्रो हुनेछ।

तुला राशि 

यो साता सुख र आनन्दले भरिपूर्ण रहनेछ। परिवारमा शुभ कार्यहरु हुनेछन् र धेरै वर्षदेखि स्थगित भएका र हुन नसकेकाहरुको विवाह यसै साता हुन सक्छ। भ्रमपूर्ण तर्कहरूबाट बच्नुहोला। बुधवार धेरै थकान महसुस हुनेछ।

यो साता तपाईंले कुनै काम पूरा नभएको अनुभूति गर्नुहुनेछ, तर शनिबारदेखि तपाईं नयाँ उर्जाका साथ सक्रिय हुनुहुनेछ। यो साता तपाईंले आफ्नो खानपिनमा सुधार गरी राम्रो खाना खान आवश्यक छ।

यो साता अफिस वा व्यापारमा लापरवाहीका कारण आर्थिक हानि हुने सम्भावना छ। त्यसैले हतारमा कुनै पनि काम नगर्नुहोला। ‍समस्या समाधान गर्नका लागि ॐ महालक्ष्मी नमको दैनिक  ५१ चोटी जप गर्दा राम्रो हुनेछ।

वृश्चिक राशि   

यो साता रक्तचाप, मधुमेह वा मोटोपनाका बिरामीले विशेष ख्याल राखेर उचित र समयमै औषधि उपचार गर्नुपर्नेछ।  

साथीभाइसँग कुनै विषयमा विवाद हुनेछ रिस नियन्त्रण गर्नुहोला। यो साता परिवारसँग यात्रामा जाने सम्भावना छ।  आइतबार मानसिक पीडा बढ्नेछ।  मंगलबार उपहार प्राप्त होला। आफ्नो व्यक्तित्व विकास गर्नको लागी कोमल बोली हुनुपर्छ। यो साता उधारोमा दिएको पैसा फिर्ता हुने सम्भावना छ।  

समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।

धनु राशि
यो साता अरुको कुरा सुनेर लगानी गरेमा आर्थिक हानि लगभग निश्चितजस्तै रहेको छ।

राति अबेरसम्म घर पुग्ने बानीले यो साता तपाईका लागि निकै कष्टदायी पाठ बन्न सक्छ। यो साता आर्थिक लाभ र सम्मानका साथ शुरु हुनेछ।  तपाईंको पुरानो ऋणका कारण कानुनि झमेलामा पर्न सक्नुहुनेछ सचेत रहनुहोला।

तपाईंले गरिरहनुभएको यात्रामा सफलता मिल्नेछ।  यो साता तपाइ धेरै व्यस्त हुनुहुनेछ किनभने तपाईं परियोजना पूरा गर्न दबाबमा हुनुहुनेछ। व्यापारमा सफलता मिल्नेछ।  आमाको स्वास्थ्य कमजोर हुने भएकाले चिकित्सकको सल्लाह लिनुहोला।

यो राशिका केहि ब्यक्तिहरुले लागूऔषधको बानीलाई सुधार्नुपर्नेछ, अन्यथा शारीरिक र आध्यात्मिक शक्ति कमजोर हुन सक्छ। समस्या समाधान गर्नका लागि ॐ राम राहबे नम मन्त्रको नियमित जप गरेर सोमबार भगवान शिवलाई जल चढाउँदा राम्रो हुनेछ।

मकर राशि
यो साता तनाव बढ्नेछ। सेयर बजारमा संलग्न वा कुनै पनि काममा लगानी गर्नेहरूका लागि यो साता विशेष सफलता ल्याउने छ।  हतार नगरेर काम गर्नुहोला।   तपाईंले आफ्नो शब्दहरूको विशेष ख्याल राख्नुपर्ला नत्र   सम्बन्ध बिगर्न सक्छ।  वैदेशिक यात्रामा जाने सम्भावना छ।

यदि तपाइँ आफ्नो जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने, यो हप्ता तपाइँको लागि राम्रो अवसर प्रदान गर्नेछ र तपाइँ एक राम्रो प्याकेज र नयाँ स्थानमा उच्च पद प्राप्त गर्नुहुनेछ।सेयर बजारमा तपाईको लगानीले आर्थिक बल प्रदान गर्नेछ।

समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गर्दा राम्रो हुनेछ।

कुम्भ राशि

यो साता दोस्रो भावमा राहु हुने भएकाले स्वस्थ रहन मदिराबाट टाढा रहनुहोला। यो समय तपाईका लागि धेरै आर्थिक लाभ ल्याउनेछ। यो साता कुम्भ राशिका व्यक्तिहरुको कुनै प्रसिद्ध व्यक्तिसँग भेटघाट हुने सम्भावना छ ।

 आनन्द र इच्छित उपलब्धि प्राप्त हुोलान्।  सेना वा प्रहरीमा कार्यरत व्यक्तिले यो साता आफ्नो काममा विशेष सफलता हात पार्ने भएकाले आगामी दिनमा सरकारबाट सम्मानित हुनेछन्। आफ्नो योजना कसैसँग साझा नगर्नुहोला, अन्यथा तपाईंको काम बिग्रनेछ। अनलाइन व्यापार गर्नेहरूले यो हप्ता राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। 

समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्दा राम्रो हुनेछ।

मिन राशि
यो साता गरिबहरूलाई कपडा र खाना दान र सहयोग गर्नुहुनेछ। आइतबार कुनै कारणले चिन्तित रहनुपर्ला। सोमबारदेखि सबै कुरा राम्ररी हुनेछन् । व्यवसायमा पनि प्रगति देखिएको छ।

व्यवसायको लागि ऋण लिने सोचमा हुनुहुन्छ भने यो साता ऋण प्राप्त गर्नुहुने छैन तर प्रयास गर्दा आगामी समयमा ऋण प्राप्त हुनेछ। यो साता समुद्री यात्रा गर्न सकिनेछ। कार्यालय  वा व्यवसायको, लापरवाहीमा तपाईलाई आर्थिक नोक्सान हुन सक्छ। 

जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवायको नियमित जप गर्दा फाइदा हुनेछ।

Logo