परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।
कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नेछन् ।
मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तै उनले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा छलफल गरेकाे मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेकाे उनका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।





























प्रतिक्रिया