एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबार सम्पन्न भएको छ। यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो।
एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधी जित्न सफल भए। शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए।
यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन्।४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए।
केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन्। ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए। आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए। उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे।
त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छिन्, भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन्।
३७ प्वाइन्टको साथ रविन्द« पुरुष ढकाल सिनियर्स तर्फबाट ९६० वर्ष भन्दा माथि० विजयी भएका छन्। त्यस्तै ८ इन्च टू द पीनका साथ क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए।































प्रतिक्रिया