नेपालले एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । अब अफगानिस्तान ब्याटिङमा उत्रनेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले स्तब्ध भएको थियो ।
आजकाे तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिइएको छ । पाकिस्तानविरुद्ध खेलेका स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसी आज बेन्चमा छन् ।
नेपालको प्लेइङ ११ :
देव खनाल(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।





























प्रतिक्रिया