तिलु शर्मा पौडेल
दोहा कतार ।
बिदेशमा समस्यामा परेका नागरिकहरुको लागि उद्दार उडान गर्ने नेपाल सरकारको योजना अन्तर्गत नेपाल एयरलाइन्सले २० जुनमा कतारबाट उद्धार उडान गर्ने भएको छ । आज नेपाली राजदुताबासले एक सूचना जारी गर्दै प्रथम चरणमा नेपाल फर्कनेहरुको सूचि सार्वजनिक गरेको हाे ।
नियोगले जारी गरेको सूचिमा पहिलो चरणमा १७४ जनाले उडान गर्ने भएका छन् । जसमा अधिकांश महिला रहेका छन् । नेपाल एयरलाइन्सले २० जुन र हिमालय एयरलाइन्सले २२ र २४ जुनमा उडान भर्ने छन् भने थप उडानको मिति तय भएपछि जानकारी गराइने नियोगले जनाएको छ ।
कतारबाट नेपाल सम्मको हवाई भाडा अमेरिकी डलर ३९२ (तीनसय बयानब्बे) तोकिएको छ । यात्रुहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा-काठमाडौं यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न सम्भव नभएको हुँदा विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र उडान भर्न पाउने भएका छन् ।
हवाई टिकटका लागि नेपाल एयरलाइन्सको लागि Fahd Travels, Jaida Towers (Sales & Reservation )
Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +9746675150 Tel +974 44318080 Fax +974 44214744 Email: [email protected], [email protected] र हिमालय एयरलाइन्सको लागि Cleopatra Travels, Doha, Roshan Thakur: 33486465 Tel+974 44435333 [email protected], [email protected] मा सम्पर्क गर्न नियोगले अनुरोध गरेको छ ।
राजदूतावासको नेपाल फर्किनका लागि रजिष्ट्रेशन फाराम भरेका र विभिन्न माध्यमबाट नाम लेखाएका अन्य व्यक्तिहरुको हकमा प्राथमिकताको आधारमा थप उडानहरु तोकिएपछि क्रमशः सूची प्रकाशन गरिने भएको छ । यात्रुले http://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिंकबाट डाउनलोड गरी २ (दुई) प्रति व्यक्तिगत विवरण फारम भरेर साथमा राख्नु पर्नेछ । यात्रा शुरु हुनु ४ घण्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, भिसा तथा कतार आईडी लगायत व्यक्तिगत विवरण भरेको फाराम साथमा लिई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसक्नु पर्ने दुतावासले जनाएको छ ।





























प्रतिक्रिया