विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार

विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ। 

विराटनगर महानगरपालिका वडा नम्बर ८-का २७ वर्षीय निर्दोष सङ्ग्रौलामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिए।

आइतबार साँझ विराटनगर-१६, दशगजानजिकै भारतीय क्षेत्रमा उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। उनको बायाँ तिघ्रामा गोली लागेको छ। घाइते भएका संग्रौलाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

Skip This
Skip This
Logo