संघीय संसद सचिवालयको महासचिव पदमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।
महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा महासचिवमा पद्म प्रसाद पाण्डेको नाम सिफारिस भएको हो ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै २४ मंसिर, २०८० मा राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । २२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो ।





























प्रतिक्रिया